काठमाडौं। बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेशको नीति तथा योजना आयोगको पदाधिकारी मनोनीत गरेकी छन् ।
बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार आयोगको उपाध्यक्षमा डा.जगतबहादुर बस्नेत, सदस्यहरूमा निलम ताम्राकार , रामशरण प्याकुरेल र ज्ञानकुमार श्रेष्ठ मनोनीत भएका छन् ।
नवनियुक्त पदाधिकारीले शुक्रबार नै पद तथा गोपनीयताको सपथ लिएका छन् ।न्युज कारखाना