चितवन। चितवनको खैरहनी–१० जीवनपुरमा पोखरीमा बल्छि थापेर माछा मार्ने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु भएको छ ।
खैरहनी–१० जीवनपुरका सञ्जय चौधरीको छोरा सिमानस चौधरी स्थानीय यादव पुनको माछापोखरीमा सोमवार दिउँसो साढे ३ बजे बल्छि थापेर माछा मार्ने क्रममा डुबेका थिए ।
बालकलाई पोखरीबाट निकालेर उपचारको लागि भरतपुर अस्पताल पठाएकोमा उपचारको क्रममा सोमवार बेलुका ५ः५० बजेको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । चितवन प्रहरीका प्रवक्ता श्रीराम भण्डारीले घटनाको अनुसन्धान भैरहेको बताए ।