चितवन। नेकपा(एकीकृत समाजबादी)चितवनकाे अध्यक्षमा नरेन्द्र कुमार कन्दङवा चयन हुनुभएकाे छ । भरतपुरमा सम्पन्न साे पार्टीकाे १० औं जिल्ला अधिवेशनले कन्दङवाकाे नेतृत्वमा ६१ सदस्यीय नयाँ कमिटी गठन गरेकाे हाे ।
कमिटीकाे उपाध्यक्षमा गग्गा लामा र ईश्वरी लामिछाने, सचिबमा हेमन्त प्रसाद कँडेल चयन भएका छन्। उपसचिव पदमा भने आकांक्षी नेताहरु बीच सहमती हुन नसक्दा साे पद रिक्त राखिएकाे छ । नेकपा एकिकृत समाजवादीको जिल्ला अधिवेशनबाट नरेन्द्रकुमार कन्दङवाको अध्यक्षतामा ६१ सदस्यीय रहने गरि अधिवेशन सम्पन्न भएको छ ।
त्यसैगरि जिल्ला सदस्य पदमा भरतपुर महानगरबाट जयकृष्ण सापकोटा, ज्ञानबहादुर कुमाल, बलराम सापकोटा, त्रिलोचन अधिकारी, सजिव लामिछाने, बोधराज सापकोटा, बलराम पौडेल (विक) र सुुदन दराई, महिला सदस्यतर्फ प्रतिभा लामिछाने, अनिता भुजेल, सुनिता महतो, मिरा पोख्रेल, लक्ष्मी पोख्रेल र लक्ष्मी श्रेष्ठ चयन हुनुभएकाे छ । युवा खुल्ला सदस्यमा महेशकुमार सुवेदी र भुपेन्द्र ढकाल, युवा महिला सदस्यमा कोपिला उपरकोटी निर्वाचित भएका छन् ।
रत्ननगर नगरपालिकाबाट खुल्ला सदस्यमा चिन्तामणि आचार्य, हरिहर पौडेल, विष्णुप्रसाद अर्याल, गोकर्ण गिरी र दिपक थापा, महिला सदस्य तर्फ निर्मला कुमारी खड्का, पार्वती घिमिरे र संगिता खड्का कार्की तथा युवा तर्फ विजय खनाल चयन हुनुभएकाे छ । खैरहनी नगरपालिकाबाट दुर्गादत्त अर्याल र कृष्णप्रसाद पाठक, हेम बहादुर गुरुङ, जमुना पाठक थपलिया चयन हुनुभएकाे छ ।
माडी नगरपालिकाबाट कमल बहादुर भुजेल र प्रेमराज तिमिल्सिना, रामचन्द्र लम्साल, धन रुपा महतो र चन्द्रकुमारी बाँनिया चयन हुनुभएकाे छ । त्यसैगरी राप्ती नगरपालिकाबाट बुद्धिमायाँ श्रेष्ठ, अप्सरा थापा र ललिता चौधरी, हिराबहादुर श्रेष्ठ, मिना दर्जी जिल्ला कमिटी सदस्यमा चयन हुनुभएकाे छ ।
समावेसी तर्फ दिनेश घलान, दलित तर्फ मन बिक र अपाङ्गता तर्फ डा.विपि शर्मा र ट्रेड युनियनतर्फ निरप्रसाद लामिछाने निर्वाचित भएका छन् । बैशाख १९ गते साे पार्टीका केन्द्रीय अध्यक्ष माधव कुमार नेपालले उद्घाटन गरेकाे जिल्ला अधिवेशन सहमतीमा नेतृत्व चयन गर्दै विहीबार राती सकिएकाे हाे ।