चितवन । चितवन राष्ट्रिय निकुञ्ज मध्यबर्ती क्षेत्र मेघौली उपभोक्ता समिति भरतपुर २७ र २८ ले विभिन्न कार्यक्रम गरि रजत जयन्ती मनाउन शुरु गरेको छ । सोमबार भरतपुर २७ मेघौलीमा समितिले विभिन्न सास्कृतिक कार्यक्रमको आयोजना गरि रजत जयन्ती मनाउन शुरु गरेको हो । सोमबारबाट शुरु भएको रजत जयन्ती समारोह मङ्गलबारसम्म चल्ने छ ।
रजत जयन्तीको अवसरमा रजत स्तम्भ अनावरण गर्दै भरतपुर महानगरका नगर उपप्रमुख चित्रसेन अधिकारीले मानव र वन्यजन्तु बिचको द्वन्द्वलाइ नितिगत रुपमै समाधान हुनेगरी ठोस निर्णय गर्न आबश्यक रहेको उल्लेख गर्नुभयो । वन्यजन्तु सगै निकुञ्जको पनि सरक्षण हुनु आबश्यक छ, उम प्रमुखले भन्नुभयो,तर मानवीय क्षतिका सम्बन्धमा पनि नितिगत रुपमै गहन छलफल हुन जरुरी छ ।
चितवनमा बार्षिक ३ लाख आन्तरिक तथा बाहिय पर्यटकहरु आउने गरेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख सरक्षण अधिकृत अबिनाश पुर्जा थापा मगरले जानकारी दिनुभयो । उहाँका अनुसार बार्षिक ३ लाख पर्यटकहरु भित्रीदा ३० करोड राजश्व सकलन हुने गरेको छ । चालु आर्थिक बर्षको फागुन महिनाको अन्त्य सम्ममा २ लाख १५ हजार आन्तरिक तथा बाहिय पर्यटकहरु चितवन आएको निकुञ्जको तथ्यांकमा उल्लेख छ । जसबाट २६ करोड राजश्व पनि सकलन भएको छ ।
कार्यक्रममा बागमती प्रदेशका पुर्व सासद कृष्णप्रसाद भुर्तेल,भरतपुर २८ का वडा अध्यक्ष दण्डपाणि रिजाल,चितवन राष्ट्रिय निकुञ्जका प्रमुख सरक्षण अधिकृत दिल बहादुर पुर्जा मगर,सहायक सरक्षण अधिकृत गणेश प्रसाद तिवारी,समितिका निबर्तमान अध्यक्ष श्याम प्रसाद अधिकारी,समितिका उपाध्यक्ष लोकनाथ सापकोटा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियोे ।
चितवन राष्ट्रिय निकुञ्ज मध्यबर्ती क्षेत्र अन्तरगत २२ वटा उपभोक्ता समितिहरु रहेका छन् । कार्यक्रम समितिका अध्यक्ष मायाराम महतोको अध्यक्षतामा सम्पन्न भएको थियोे ।चितवन राष्ट्रिय निकुञ्जमा वन्यजन्तुको कारण २५ बर्षको अवधिमा २१ जनाको मृत्यु भइसकेको निकुञ्ज प्रशासनले जनाएको छ ।