चितवन। कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समिति काठमाडौले आइतबार भरतपुरमा कृषकहरुसग एक विशेष कार्यक्रमको आयोजना गरेको छ । कृषक र कृषि उपजमा बिषादिको प्रयोग,त्यसको असर र दीर्घकालीन समस्याका बारेमा कृषकहरु कै घर आगनमा पुगेर एक विशेष कार्यक्रम आयोजना गरेको हो ।
समितिले पोष्ट हार्भेष्ट अभ्यास सुधार,बजार सम्बन्ध बिकास र कृषकसग कालिमाटी बजार सम्बन्धमा कृषकहरुसग फरक खालको कार्यक्रम आयोजना गरेको समितिका कार्यकारी निर्देशक डा महादेव प्रसाद पौडेलले जानकारी दिनुभयो ।
बि स २०४३ असोज १५ गतेदेखि कालिमाटी बजार सन्चालनमा आएर देशभरका कृषक र कृषकले उत्पादन गरेका ताजा तरकारी तथा फलफूलहरु खरिद तथा बिक्री बितरण गर्दै आएको छ कार्यकारी निर्देशक पौडेलले भन्नुभयो,समिति अब कृषकका समस्या समाधान गर्ने तर्फ केन्द्रीकृत भएको छ ।
कार्यक्रमको प्रमुख अतिथि समेत रहनुभएका भरतपुर महानगरका उप प्रमुख चित्रसेन अधिकारीले महानगरपालिका कृषि क्रान्ति तर्फ केन्द्रीकृत भएको प्रष्ट पार्नुभयो । भरतपुर महानगरपालिका कृषिमा कायापलट हुनेगरी कृषि क्रान्ति गर्न चाहन्छ उहाँले भन्नुभयो,कृषि क्रान्ति बिना देशमा परिवर्तन असम्भव छ । देशलाइ मजबुत र समृद्ध बनाउने हो भने सबैभन्दा पहिला कृषिमा आमूल परिवर्तन आउने गरि काम गर्न आबश्यक छ ।
उहाँले कृषकहरुले उत्पादन गरेका कृषि बस्तुहरुको बजारीकरण गर्न र चिस्यान केन्द्रहरुको ब्यबस्थापन गर्न महानगरपालिका तयार रहेको पनि उल्लेख गर्नुभयो । चितवनबाट उत्पादन भएका तरकारी तथा फलफूलहरुलाइ काठमाडौ,पोखरा सहित देशका मुख्य शहरहरुमा रहेका तरकारी बजारहरुमा स्टल राख्ने ब्यबस्था मिलाउन महानगरले पहल गर्ने पनि बताउनुभयो ।
कार्यक्रममा भरतपुर २४ का अध्यक्ष राम गोदार,केरुङ्गा ताजा तरकारी तथा फलफूल उत्पादन सहकारी सस्थाका अध्यक्ष जनकराज पुरी,कृषि ज्ञान केन्द्र चितवन प्रमुख झलक कडेल,प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ चितवनका प्रमुख महेश रेग्मी लगाएतले कृषि क्षेत्र र यससग सम्बन्धित विभिन्न बिषयहरुमा आ आफ्नो धारण राख्नुभएको थियोे ।
कार्यक्रममा समितिका कार्यकारी निर्देशक डा महादेव प्रसाद पौडेलले केरुङ्गा ताजा तरकारी तथा फलफूल उत्पादन सहकारी सस्थाका अध्यक्ष जनकराज पुरीलाई आधुनिक प्रबिधिका एक सय थान क्रेटहरु र तरकारी बिउबिजनहरु हस्तान्तरण गर्नुभएको थियोे ।
समितिले हाल देशका ४ स्थानमा कृषि बजार र निर्माणाधिन बजार क्षेत्रहरु सन्चालन गरि काम गरिरहेको छ । जस अन्तरगत कालिमाटी बजारमा थोक कारोबार,बालाजु बजारमा खुद्रा कारोबार,चोभार बजारमा फलफूल तथा पुष्प बजार र नौबिसे केन्द्रमा प्रस्तावित सङ्कलन केन्द्रबाट कृषकहरुले उत्पादन गरेका ताजा तरकारी तथा फलफूलहरु बिक्री बितरण गरेर उपभोक्ताको भन्छामा पुर्याउने काम गरेको छ ।
समितिमा हाल ५ सय ९९ ब्यबसायीहरु आबद्ध रहेका छन् ।