चितवन। बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज नेकपा एमालेलाई सरकारमा सहभागी गराउने भएका छन्। बागमती प्रदेशमा नयाँ सत्ता गठबन्धनअनुसार सरकार विस्तार गर्न लागिएको हो। उनले आज मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन्। एमाले बागमती संसदीय दलका नेता जगन्नाथ थपलियाको नेतृत्वमा एमाले सरकारमा सहभागी हुने भएको हो।
थपलियालाई आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त गर्न लागिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।
थपलियाको पद तथा गोपनीयताको शपथ आजै साँझ ५ बजेका लागि तय भएको बताइएको छ।
थपलिया दोस्रोपटक प्रदेशका अर्थमन्त्रीमा नियुक्त हुने भएका हुन्। यसअघि गत २६ पुस २०७९ मा पनि मुख्यमन्त्री जम्कट्टेलले थपलियालाई अर्थमन्त्री नियुक्त गरेका थिए।