चितवन। भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले संयुक्त अधिराज्य बेलायतको हाउस अफ कमन्सका उपसभामुख निजेल इभान्ससँग भेटवार्ता गर्नुभएको छ । बेलायतको एक सम्मान कार्यक्रममा सहभागी हुन जानु भएकी दाहालले निजेलको कार्यकक्षमा भेट गर्नुभएको हो ।
दाहालले दिनुभएको जानकारी अनुसार भेटका क्रममा बर्षौंदेखिको बेलायती र नेपाली जनताको संबन्ध तथा ब्रिटिस सेनामा सेवा गरिरहेका गोर्खा सैनिक एवं बिभिन्न क्षेत्रमा नेपाली जनताद्वारा देखाएको सेवाभाव र कार्यक्षेत्रमा देखाएको ईमान्दारिता का बारेमा छलफल भयो । दुई राष्ट्र र जनता–जनता बीचको ऐतिहासिक सम्बन्ध बारे समेत छलफल भएको उहाँले जानकारी दिनुभयो ।
भरतपुर भ्रमण बर्ष २०२४ को निमन्त्रणा समेत गरिएको भन्दै उहाँले भन्नुभयो “उपसभामुख निजेलले भरतपुर भ्रमण वर्षलाई चासोका साथ लिनुभएको छ ।” उक्त भेटघाट उपलब्धिमूलक भएको भन्दै दाहालले भ्रमण वर्षलाई यस भेटले सकारात्मक प्रभाव पार्ने बताउनुभयो । भेट पश्चात रिजेलले बेलायती संसदको गतिबिधी, संसदको ईतिहास र संसद भवनको अवलोकन गराउनु भएको दाहालले जानकारी दिनुभयो ।