चितवन । नेकपा एस निकट अनेरास्ववियू क्याम्पस कमिटीले रत्ननगर स्थित शहीद स्मृति बहुमुखी क्याम्पस प्रमुख बुद्धिराज सेढाईको कार्यकक्षमा तालाबन्दी गरेको छ ।
लामो अवधि प्राध्यापन गराएका प्राध्यापक विष्णु कट्टेल लगायतका शिक्षकहरुको राजनीतिक पूर्वाग्रह राखि नियतबस कक्षा कटौती गरेको लगायतका १५ सुत्रिय माघ राखी विद्यार्थी संगठनले प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका हुन् ।
अनेरास्ववियू क्याम्पस कमिटीका अध्यक्ष पानस तामाङ र अनेरास्ववियूका केन्द्रीय सदस्य दीपक थापा नेतृत्वको टोलीले क्याम्पस प्रमुख सेढाईलाई मागपत्र बुझाउदै प्रध्यापक कट्टेललाई कक्षा थप गर्नुपर्ने सहित, कक्षाकोठाहरूमा आधुनिक विधुतिय शैक्षिक सामग्री व्यवस्था गर्नुपर्ने, मूल भवनको दोस्रो र तेस्रो तलामा शौचालयको व्यवस्था गर्नुपर्ने, पुस्तकालयमा विद्यार्थीका लागि प्रयाप्त पुस्तकहरुको व्यवस्था गर्नुपर्ने, दिवा समयमा पुस्तकालय खोल्ने व्यवस्था मिलाउनुपर्ने, क्याम्पसमा नियमित एकाई परीक्षा, आन्तरिक परीक्षाको व्यवस्था गर्नुपर्ने, शिक्षक तथा कर्मचारीको कार्य समय दैनिक ७ घण्टा अविलम्ब कायम गर्नुपर्ने, राजनीतिक भागबण्डाका आधारमा नियुक्ति गर्ने प्रचालनको अन्त्य हुनुपर्ने लगायतका १५ सुत्रिय माग राखिएको छ ।