चितवन । रत्ननगर उद्योग बाणिज्य संघकाे आयाेजनामा टिकाैली चौरमा जारी रत्ननगर महाेत्सवमा तीन दिनकाे अबधिमा ३५ हजार बढीले अबलाेकन गरेका छन् । महाेत्सवकाे उद्घाटनकाे दिन पाैष २६ गतेे १० हजार, दाेश्राे दिन पाैष २७ गते १० हजार र तेस्राे दिन शनिबार १५ हजार बढीले महाेत्सव अबलाेकन गरेकाे संघका काेषाध्यक्ष तथा टिकट व्यवस्थापन समितिका संयाेजक विनाेद घिमिरेले जानकारी दिए ।
शनिबार विदा परेका कारण महाेत्सवमा अत्याधिक भीड रहेकाे थियाे । रत्ननगर महाेत्सवकाे १२ औं संस्करणमा कृषि र पर्यटनलाई प्राथमिकता दिइएकाे छ । महाेत्सवकाे मुख्य आकर्षण कृषि परिसर, सांस्कृतिक घर र माेटरबाेट रहेका छन् । महोत्सवमा उद्योग, व्यापार, कृषि, पर्यटन, स्थानीय कला र संस्कृति सहित राष्ट्रिय, अन्तराष्ट्रिय तथा बहुराष्ट्रिय गरि करिब ४५० स्टलहरु रहने छन् ।
यस पटकको महोत्सवमा तीन लाख भन्दा बढी दर्शकहरुले अवलोकन गर्ने र करीब २५ करोडभन्दा बढिको कारोबार हुने अपेक्षा र अनुमान गरिएको संघका अध्यक्ष तथा महाेत्सव मुल समाराेह समितिका संयाेजक शंकर गिरीले बताए ।
विगतमा जस्तै महोत्सव अन्तर्गत भाेलीदेखि रत्ननगरको सौराहाचोक वसपार्कमा पाँचौं रत्ननगर सांस्कृतिक खाना महोत्सव सुरु हुँदैछ । शनिबार राष्ट्रिय गायक हेमन्त शर्मा र गायिका सुनिता बुढाले प्रस्तुति दिएका छन् । यसैबीच स्वर्गीय जगतकृष्ण प्रजापति विद्यालय स्तरीय नृत्य प्रतियाेगिता गरिएकाे छ ।
२० वटा विद्यालयकाे सहभागिता रहेकाे साे प्रतियाेगितामा शिक्षा विकास ईङ्लिस बाेडिङ स्कुल प्रथम, एन्जल्स वल्ड स्कुल द्धितीय र भानु मेमाेरियल सेकेण्डरी बाेडिङ स्कुल तृतीय र नेपाल मावि तथा पिस भिजन इङ्लिस बाेडिङ स्कुलले सान्त्वना स्थान हासिल गरेका छन् । प्रतियाेगितामा प्रथम हुने टिमलाई १० हजार, द्धितीय हुने टिमले सात हजार,तृतीय हुने टिमले ४ हजार र सान्त्वना हुनेले एक एक हजार पुरस्कार प्रदान गरिएकाे छ । प्रतियाेगिताकाे पुरस्कार रासी एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेसले प्रायाेजन गरेकाे थियाे ।
त्यसैगरी महाेत्सव परिसरमा जिल्ला स्तरीय कराते प्रतियाेगिता सुरु भएकाेे छ । प्रतियाेगितामा ३०० खेलाडीकाे सहभागिता खेलकुद व्यवस्थापन समितिका संयाेजक अनुप विसुरालले जानकारी दिए ।