चितवन। चितवनको छुट्टाछुट्टै दुई ठाउँमा भएको सवारी दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहिबार राती पूर्वी चितवनमा भएको दुर्घटनामा परि स्कुटर चालकको मृत्यु भएको छ ।
कार्यालयका प्रमुख प्रहरी उपरिक्षक रामेश्व कार्कीका अनुसार राती ८ः५० वजे खैरहनी नगरपालिका वडा नम्बर २ चैनपुरचोक स्थित पुर्व पश्चिम राजमार्गमा टाँडी बाट पर्सा तर्फ जाँदै गरेको बा प्र ०३–००१ च १७२७ नम्बरको बोलेरोले बिपरित दिसा बाट आउँदै गरेको प्र ०३–०२–००६ प ९०६८ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । ठक्करबाट घाईते स्कुटर चालक राप्ती नगरपालिका ८ ब्रम्हनगरका ३० वर्षीय करण श्रेष्ठको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो । बोलेरो प्रहरीको नियन्त्रणमा रहेको र चालक फरार भएको प्रहरीले जनाएको छ । फरार चालकको खोजी कार्य भईरहेको छ ।
यस्तै भरतपुर महानगरपालिका वडा नम्बर ७ टाइगर चोकमा कारले मोटरसाईकललाई ठक्कर दिदाँ मोटरसाइृकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका वडा नम्बर ६ रामराज्यपुरका अन्दाजी ३५ वर्षिय कुल प्रसाद सापकोटा रहेको प्रहरीले जनाएको छ । टाइगरचोकबाट बुद्धचोक तर्फ आउँदै गरेको बा.प्र.०३–००३ प १७७६ नम्बरको मोटरसाईकललाई सोही दिशाबाट आउँदैे गरेको बिएबि २८७५ नम्बरको कारले बिहिबार राती ८ः३० वजे ठक्कर दिएको थियो । ठक्करबाट घाइते सापकोटाको उपचारका क्रममा राती ९ वजे चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । ठक्कर खाने दुबै सवारी साधन र कार चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।