चितवन । दुर्लभ वन्यजन्तु पाटेबाघको बच्चा – डम्मरु मृत भेटिएको छ । आज निकुन्जको पुर्बी सेक्टर सौराहा क्षेत्रको ढुंगरे खोला पारी निकुन्जको कोर इलाका मा अन्दाजी ३ महिनाको पाटे बाघको बच्चा (पोथी डम्मरु ) मृत अवस्थामा फेला परेको हो । प्रारम्भिक स्थलगत अध्ययन को आधारमा उक्त डम्मरुको मृत्युको कारण माउ संग छुट्न गइ भोकै भएर मृत्यु भएको प्रारम्भिक अनुमान गरिएको निकुञ्जले जनाएको छ । डम्मरुको पोस्ट मार्टम गरि थप परिक्षणको लागि नमुना संकलन गरि भेटेनेररि शाखा पठाइएको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिए । चालु आर्थिक बर्षको २०७८.७९ मा मृत भेटिएको यो पहिलो बाघ हो . यस निकुन्जमा २०१८ को गणना अनुसार ९३ वयस्क बाघ रहेको तथ्यांक छ । .
माउसंँग छुट्न गई भोककै कारण पाटे बाघको बच्चा( डम्मरु) को मृत्यु
माउसंँग छुट्न गई भोककै कारण पाटे बाघको बच्चा( डम्मरु) को मृत्यु
तपाईको प्रतिक्रिया
थप शिर्षकहरु