चितवन । केपी ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी एमालेबाट पार्टी विभाजित भएपछि देशभर माधव नेपाल नेतृत्वको नेकपा समाजवादी पार्टीमा सनाखत गर्ने क्रम बढ्दो छ । यसै क्रममा चितवनका विभिन्न पालिकाका ३६ जना जनप्रतिनिधिले नेकपा एमाले परित्याग गरीे नेकपा एकीकृत समाजवादी दलमा प्रवेश गरेका छन ।
निर्वाचन कार्यालय चितवनका जिल्ला निर्वाचन अधिकारी भीमसेन कार्कीले हालसम्म ३६ जनाले समाजवादीमा सनाखत गरेको र पाँच जनाले सनाखत फिर्ताको लागि आज निवेदन दिएको जानकारी दिए । सनाखत फिर्ता गर्नेमा रत्ननगरका चार वडा सदस्य र भरतपुरका एक जना महिला वडा सदस्य रहेका छन् ।
ती मध्ये चितवनका ११ जना वडाध्यक्षले समाजवादी सनाखत गरेका हुन्। जसअनुसार भरतपुर महानगरपालिकामा ५ जना, रत्ननगर नगरपालिकामा ४ जना, राप्ती र माडीमा एक एक जना रहेको निर्वाचन कार्यालयले जनाएको छ । बाँकी सनाखत गराउनेहरुमा वडा सदस्य र कार्यपालिका सदस्य रहेका छन् । जसमा भरतपुरमा १० जना वडा सदस्य, रत्ननगरमा १२ जना, माडीमा २ र राप्तीमा १ जना वडा सदस्यले समाजवादीमा सनाखत गराएका छन । चितवनका सात स्थानीय तहमध्ये कालिका नगरपालिका, खैरहनी नगरपालिका र इच्छाकामना गाउँपालिकाबाट भने कसैले पनि नेकपा एकीकृत समाजवादीमा सनाखत नगरेको निर्वाचन कार्यालयले जनाएको छ ।
चितवनमा ओली नेतृत्वको नेकपा एमाले छाड्ने क्रम बढ्दो : ३६ जनप्रतिनिधिले गरे एकीकृत समाजवादीमा सनाखत
चितवनमा ओली नेतृत्वको नेकपा एमाले छाड्ने क्रम बढ्दो : ३६ जनप्रतिनिधिले गरे एकीकृत समाजवादीमा सनाखत
तपाईको प्रतिक्रिया
थप शिर्षकहरु