रत्ननगर । रत्ननगर नगरपालिका वडा नम्बर १० मा मंगलवार आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याईएको छ । मेयर नारायण वन र उपमेयर विमला दुवाडीले सयुक्त रुपमा स्वास्थ्य सेवा केन्द्र उद्घाटन गरेका हुन ।
वडाबासीलाई स्थानीय स्तरमै स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यका साथ आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याइएको वडाध्यक्ष केशव आचार्यले बताए । उद्घाटन समारोहका प्रमुख अतिथि मेयर वनले नगरका १६ वटै वडाका नागरिकलाई सहज रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउन सबै वडामा स्वास्थ्य चौकी स्थापना गरिदैं आएको बताए । वडा अध्यक्ष आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख माधव प्रसाद पौडेलले चालु आर्थिक बर्षमा वडा नं ३, वडा नं १२,वडा नं १३ र वडा नं १० मा स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याइएको र स्वास्थ्य चौकी नभएका थप ३ वटा वडामा छिट्टै स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याउने तयारी गरिएको जानकारी दिए ।
रत्ननगरको वडा नम्बर १० मा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनमा
रत्ननगरको वडा नम्बर १० मा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनमा
तपाईको प्रतिक्रिया
थप शिर्षकहरु