चितवन। नेपाली काँग्रेस चितवनले राष्ट्रिय सभाको निर्वाचनमा सदस्य पदका लागि जिल्लाका १२ जनाको नाम केन्द्रीय समितिमा सिफारिस गरेको छ ।आगामी माघ ११ गते राष्ट्रिय सभाको निर्वाचन हुँदैछ ।
कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व जिल्ला सभापति टेकप्रसाद गुरुङ, पूर्व जिल्ला सभापतिहरु रामकृष्ण घिमिरे, तोपमान गुरुङ, पूर्व जिल्ला कोषाध्यक्ष केशबराज कँडेल, महाधिवेशन प्रतिनिधि उमेशचन्द्र पौडेल, महासमिति सदस्य विष्णुमाया परियार, पूर्व जिल्ला उपसभापति ऋषिराम पाण्डे, नेपाल दलीतसंघ चितवनका पूर्वअध्यक्ष विरबहादुर लोहनी, पूर्व क्षेत्रीय सभापति कृष्णबहादुर घलेको नाम केन्द्रीय समितिमा सिफारिस गरिएको जिल्ला सभापति राजेश्वर खनालले जानकारी दिए । राष्ट्रिय सभाको निर्वाचनको लागि चितवन क्षेत्र नं १ बाट तीन जनाको नाम सिफासिस गरिएको छ ।
चितवन क्षेत्र नं १ बाट महासमिति सदस्यहरु शुशीला उप्रेती, राजेन्द्र प्रसाद बुर्लाकोटी र महाधिवेशन प्रतिनिधि राजेन्द्र प्रसाद चौधरीको नाम सिफारिस गरिएको जिल्ला सभापति खनालले जानकारी दिए । सिफारिस गरिएको १२ जना नेता मध्ये केन्द्रीय सदस्य गुरुङको नामलाई प्राथमिकतामा राखिएको छ ।