चितवनकाे भरतपुर महानगरपालिकाले सन् २०२४ लाई भ्रमण वर्षको रुपमा मनाउँदै छ । यसको उद्घाटनका लागि अहिले तयारी अन्तिम चरणमा पुगिसकेको बताइएको छ । अवलोकनका लागि महानगरभित्रका मुख्य ७ र अन्य गरी २१ वटा पर्यटकीयस्थललाई गन्तव्यको रुपमा प्रचार गरेको भरतपुरले सन् २०२४ मा २ लाख पर्यटक भित्राउने लक्ष्य राखेको छ । गन्तव्यको रुपमा प्रचार गरिएकोमा मेघाैली, कसरा, बीसहजारी ताल, नारायणी किनार, चौकी डाँडा, पटिहानीको अम्रेला स्ट्रिट, ज्ञानेश्वर व्लक,देवघाट लगायत पर्यटकीय गन्तव्य छन् ।
नगर कार्यसमितिको बैठकले भ्रमण वर्षका लागि ५० ओटा भन्दा बढी कार्यक्रम पारित गरिसकेको छ । भ्रमण वर्षमै मन्त्रीपरिषद्को बैठक भरतपुरमा गराउने गरि महानगरको टोली लागि परेको छ । यसले गर्दा भरतपुर भ्रमण वर्षलाई थप प्रचार पुग्ने विश्वास महानगरको छ ।
भ्रमण वर्षका लागि महानगरले २ करोड र पालिका अन्तर्गतको पर्यटन शाखाले १ करोड रुपैया बजेट विनियोजन गरेको छ । त्यस्तै, बागमती प्रदेश सरकारबाट १ करोड रुपैयाँ उपल्बध गराउने प्रतिबद्धता आएको महानगरकी सूचना अधिकारी मेनका पण्डितले जानकारी दिइन् ।
भ्रमण वर्षका लागि निकै मेहनत गरेको भरतपुरले वास्तवमा आफ्नो पहिचानका लागि सन्घर्ष गर्दै आएको बताउँछन् महानगरका पर्यटन विज्ञ विश्व सुवेदी । “गुगल म्यापमा भरतपुरलाई खोजी गर्ने हो भने भारतको राज्यथानस्थित एक शहरलाई देखाउँछ । आफ्नो पहिचानका लागि संघर्ष गर्नुपरेको अवस्थामा भ्रमण वर्षले महानगरपालिकालाई थप परिचित गराउने विश्वासका साथ महानगर भ्रमण वर्षको तयारीमा छ सुवेदीले भने” । भ्रमण वर्षलाई सफल बनाउन महानगरले सबै स्थानीय तथा अन्तर्राष्ट्रिय निकायसँग समन्वय गर्दै आएको सुवेदीको भनाइ छ ।
भरतपुरमा अग्लो पहाडी क्षेत्र चौकीडाँडा देखि समथर फाँट गोलाघाटसम्म पर्छ सोही कारण सूर्योदयका दुष्र्य देखि सूर्यास्तसम्म हेर्न पाइन्छ । त्यसो त, पवित्र तीर्थस्थल देवघाटधामको नायारणी नदी र सौराहा हुदै बग्ने राप्तीले भरपुरलाई कञ्चन बनाएको छ । दुवै नदी भरतपुरको पर्यटन प्रवर्दनकाे प्रमुख हिस्सा बनेका छन् ।
गुगल म्यापमा भरतपुरलाई खोजी गर्ने हो भने भारतको राज्यथानस्थित एक शहरलाई देखाउँछ । आफ्नो पहिचानका लागि संघर्ष गर्नुपरेको अवस्थामा भ्रमण वर्षले महानगरपालिकालाई थप परिचित गराउने विश्वासका साथ महानगर भ्रमण वर्षको तयारीमा छ सुवेदीले भने
भरतपुर महानगरका अन्य गन्तव्यमा चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएका पर्यटकीय क्षेत्र पटिहानी, जगतपुर, मेघौली, गणेशधाम, वागेश्वरी कसराको गोही प्रजनन केन्द्र, विक्रमबाबा, ज्ञानेश्वर, नगर वन, बिसहजारी ताल, बाटुली पोखरी, राइनो तालसमेत पर्दछन् ।भ्रमण वर्षका लागि भन्दै लाखौं रकम खर्च गरेको भरतपुरमा पर्यटकलाई अत्याअवश्यक मानिने सार्वजनिक सवारी साधनको स्थिती भने सुधार र थप गर्नुपर्ने देखिन्छ । सुविधा सम्पन्न सार्वजनिक सवारी साधनको उचित व्यवस्था भएको खण्डमा मात्रै भरतपुर आउने पर्यटकले भ्रमणको मज्जा लिन पाउछन् । त्यस्तै, अहिलेको अवस्थामा वन्यजन्तु र मानव द्धन्द्धको मार खेपेको भरतपुरले पर्यटकको सुरक्षाका लागि महानगरले सूरक्षा निकायसँग समन्वय गर्नु पर्ने देखिन्छ ।
मेयर रेनु दाहालको अघिल्लो कार्यकालमा भाैतिक पूर्वाधारतर्फ सडकमात्रै ६ सय २२ किमि कालाेपत्रे भएको थियाे। गाैरवका अायाेजना रङ्गशाला,सिटिहल,रिङराेड,लिङ्कराेड र अन्य पूर्वाधारका काम अगाडि बढेका छन्। अलपत्र अवस्थामा रहेको रङ्गशाला अब बन्ने सुरसारमा छ। केही सम्पन्न भएका र केही निर्माणकाे क्रममा याेजनाले भरतपुरलाई उत्कृष्ट बन्ने लयमा अगाडि बढेको छ भन्दा फरक पर्दैन ।मेयर रेनु दाहालले अघिल्लो कार्यकाल बिकासकाे जग हालेको उल्लेख गर्दै याे कार्यकाल फिनिसिङ गर्ने दावी गरिन् । उनले भरतपुर भ्रमण बर्षले पर्यटक घुम्ने,घुमाउने मात्रै नभई बिकासकाे लयमा दाैडाउन पनि सघाउ पुर्याउने बताउनुभयाे। “भ्रमण बर्ष एउटा अभियान हाे,यसले भरतपुर मात्रै नभइ सिङ्गो चितवनलाई पर्यटन र भाैतिक बिकासमा अगाडि बढ्न टेवा दिनेछ”दाहालले भनिन् ।
भाैतिक हिसाबले देशकाे मध्य भागमा रहेको भरतपुर बन तथा बन्यजन्तु , कृषि ,स्वास्थ्य ,शिक्षा ,भाैतिक बिकास ,धार्मिक एवम् सांस्कृतिक र प्राकृतिक छटाकाे लागि पर्यटक भित्र्याउने उत्कृष्ट गन्तव्य हुनसक्छ।