नवलपुर । चितवनको रामपुरमा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयले पशु चिकित्सा सङ्कायतर्फ लिएको स्नातक तहको प्रवेश परीक्षामा नवलपुरका दिवेशप्रसाद पौडेलले एक नम्बरमा नाम निकाल्नुभएको छ ।
रामपुरले लिएको ‘विभिएस्सी’ को प्रवेश परीक्षामा नवलपुरको गैँडाकोट–१ का पौडेलल सबै ¥याङ्क १ मा नाम निकाल्दै नेपाल प्रथम हुनुभएको हो । नर्सरीदेखि कक्षा १० सम्म गैँडाकोट–१ को श्री नेपाल राष्ट्रिय शमशेर आदर्श माध्यमिक विद्यालयमा अध्ययन गर्नुभएका पौडेलले कक्षा ११ र १२ गैँडाकोट–२ को अक्सफोर्ड माध्यमिक विद्यालय (अक्सफोर्ड कलेज अफ इन्जिनीयरिङ एण्ड म्यानेजमेन्ट)मा अध्ययन गर्नुभएको थियो । विश्वविद्यालयले प्रकाशित गरेको प्रवेश परीक्षाको नतिजाअनुसार पौडेलले कुल १०० अङ्क प्राप्त गर्दै एक नम्बरमा नाम निकाल्न सफल हुनुभएको हो ।
रामपुरको कृषि तथा वन विज्ञान विश्वविद्यालयको पशुचिकित्सा शङ्कायको पाँच वर्षे कोर्षका लागि पौडेलले पूर्णछात्रवृत्तिमा नाम निकाल्न सफल हुनुभएको अक्सफोर्ड कलेजले जनाएको छ । कलेजका प्राचार्य प्राध्यापक इन्जिनीयर हरि भण्डारीले कक्षा ११ र १२ मा विज्ञान विषय अध्ययन गर्नुभएका पौडेल सुरुदेखि नै अध्ययनमा समेत अब्बल रहेकाले पूर्णछात्रवृत्तिमा नाम निस्कदा कलेज परिवार हर्षित भएको बताउनुभयो । कलेजले विद्यार्थीहरुलाई शैद्धान्तिकसँगै व्यवहारिक शिक्षासमेत प्रदान गर्दै आएको भण्डारीको भनाइ छ ।
विश्वविद्यालयमा एक नम्बरमा नाम निकाल्न सफल पौडेलले पशु चिकित्सक भएर ग्रामिण क्षेत्रमा बसेर सेवा गर्ने आफ्नो सपना रहेको बताउनुभयो । आफ्नो सफलताको सम्पूर्ण श्रेय कलेज र विद्यालय परीवारको भएको भन्दै पौडेलले शिक्षकहरुको सहयोगका कारण नै आफू नेपाल प्रथम हुन सफल भएको बताउनुभयो ।