चितवन । रत्ननगरमा भाेली शनिबारदेखि तिहार लक्षित पुष्प मेला आयाेजना गरिएकाे छ । रत्ननगर नगरपालिका र रत्ननगर उद्योग बाणिज्य संघकाे सयुक्त आयाेजनामा मेला आयाेजना गरिएकाे हो ।
आयाेजकले शुक्रबार पत्रकार सम्मेलनकाे आयाेजना गरी मेला व्यवस्थापन र उद्देश्यकाे बारेमा जानकारी गराएकाे छ । बजारमा प्लाष्टिक जन्य बस्तुहरु विक्री वितरणमा प्रतिबद्ध लगाएकाे नगरपालिकाले स्थानीय उत्पादनकाे बजारिकरणकाे लागि पुष्प मेला आयाेजना गरेकाे हाे । मेलामा नगर भित्रका किसानले उत्पादन गरेकाे सयपत्री फुलकाे माला र महिला उद्यमीले उत्पादन गरेका भाईटीकाका सामाग्री विक्रीका लागि राखिने मेला व्यवस्थापन समितिका संयाेजक साेहेन्द्रराज खरेलले जानकारी दिए ।
उद्यमीलाई निशुल्क र व्यवसायीलाई प्रतिस्टल ५०० रूपैया शुल्क ताेकिएकाे छ । मेलामा ३० वटा स्टल राखिएकाे छ । संघका अध्यक्ष शंकर गिरीले स्थानीय उत्पादनकाे बजारिकरणकाे लागि मेला आयाेजना गरिएकाे बताए । मेलामा फूलकाे माला सहित भाइटीकाका सामाग्री र कपडा पसल रहने उनले जानकारी दिए ।
पत्रकार सम्मेलनमा कार्यवाहक मेयर पाेटबहादुर घिमिरे, बजार व्यवस्थापन समितिका संयाेजक तथा वडा नं २ का वडाध्यक्ष राजन घिमिरे, वडा नं १ का वडाध्यक्ष कुलप्रसाद सापकाेटा, रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष शंकर गिरी, उद्यमशिल महिला समुह रत्ननगरकी अध्यक्ष गीता सिंखडा, कार्यापालिका सदस्य राजेन्द्र हमाल लगायतकाे सहभागिता रहेकाे थियो । साैराहाचाेक र टाँडीचाेककाे बीचमा रहेकाे मिनी बसपार्कमा मेला २८ गते सम्म चल्ने छ ।