चितवन । चितवन प्रहरीले जिल्लाका विभिन्न स्थानमा गरी ५५ बिघामा लगाइएको गाँजा खेती नष्ट गरेको छ । चार दिनको अवधिमा राप्ती नगरपालिकाका विभिन्न स्थानमा लगाइएको गाँजा खेती नष्ट गरिएको प्रहरीले जनाएको छ ।
प्रहरी निरिक्षक रमेश विष्ट र प्रहरी निरिक्षक सत्यनारायण डंगोलको कमाण्डमा ६५ जनाको प्रहरी टोलि खटिई कात्तिक १९ गते देखि २३ गते सम्म गाँजा खेती नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
राप्ती नगरपालिका–१२, स्थित तिरुवा, वाकराङ, पर्खालको तल्लको भेग, माथिल्लो भेग एउरालीटार, बिहीटारलगायत विभिन्न स्थानमा ६ बिघा, २० गते राप्ती नगरपालिका–१२ र १३ स्थित सर्लिङ, चिउँदिन, खान डाँडा, सिमल महल खोला, पोमकिन, कालिटारलगायत विभिन्न स्थानका २३ बिघा, सोही दिन राप्ती १२ र १३ का गाल्चन, हिलेपानी, देवीटार च्योदिङको तल्लो र माथिल्लो भेग, भञ्ज्याङको तल्लो भेगलगायत विभिन्न स्थान गरी २५ बिघासहित कुल ५५ बिघा गाँजाखेती फडानी गरिएको हो ।