काठमाडाैं। जाजरकोटको रामी डाँडालाई केन्द्रविन्दु बनाएर शुक्रवार मध्यरातमा भूकम्प गएको छ ।
शुक्रवार राति ११ बजेर ४७ मिनेटको समयमा जाजरकोटलाई केन्द्र बनाएर ६ दशमलव ४ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले जानकारी दिए ।
भूकम्पको धक्का पश्चिम नेपालका जिल्ला र काठमाडौं सम्म महसुस गरिएको छ । भूकम्पको धक्कापछि पश्चिम नेपालका जिल्लाहरुमा सर्वसाधारण घरबाट बाहिर निस्किएका थिए । भारतको राजधानी नयाँ दिल्लीमा भूकम्पको ठूलो धक्का महसुश गरिएको भारतीय संचार माध्यमहरुले जनाएका छन् ।