चितवन । पूर्वी चितवनको खैरहनी नगरपालिका–१ बहेरा चोकस्थित पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट आउँदै गरेको बा ९६ प ३६३४ नम्बरको स्कुटरलाई बिपरित दिशाबाट जाँदै गरेको बा ३ ख २३५४ नम्बरको बसले बिहीवार साँझ ५ः५० बजे ठक्कर दिदा स्कुटर चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–५ बस्ने वर्ष २३ को आनन लामा रहेका छन् । उनको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा साँझ ६ः३५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए । बस चालक रत्ननगर नगरपालिका–१३ बस्ने वर्ष ३० को कृष्ण बहादुर बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै, रत्ननगर–७ बद्रेनीस्थित भित्रि सडक खण्डमा बद्रेनीबाट हात्तीचोकतर्फ आउँदै गरेको बा प्र ०६–००१ प ४७९० नम्बरको मोटरसाइकल आफै अनियन्त्रित हुंदा तीन जना गम्भिर घाइते भएका छन् । घाइतेहरुको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरी प्रवक्ता पण्डितले जानकारी दिए ।
घाइतेहरुमा मोटरसाइकल चालक खैरहनी–१२ बस्ने वर्ष २० को सुमित महत्तो, मोटरसाइकल पछाडि सवार राप्ती नगरपालिका–६ बस्ने वर्ष २१ को विज्ञान चौधरी र सोहि ठाउँका २२ वर्षीय रोसन चौधरी रहेका छन् । सुमित र विज्ञानको घाँटीमा गम्भिर चोट लागेको छ भने रोसनको टाउको र मुखमा चोट लागेको पण्डितले बताए ।