चितवन। चितवनमा आज थप ८९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालमा ५३ जना, चितवन मेडिकल कलेजमा १७ जना, पुरानो मेडिकल कलेजमा ५ जना, बिपी कोईराला मेमोरियल क्यान्सर अस्पतालमा ५ जना ,अन्य अस्पतालमा ४ जना, माडी नगरपालिकामा २ जना र कालिका नगरपालिकामा ३ गरी जिल्लामा थप ८९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।
त्यस्तै, चितवनमा पछिल्लो २४ घण्टामा थप २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवन र मकवानपुरका १ /१ जना रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । चितवनमा आईसीयूमा ३७ जना, भेन्टिलेटरमा ८ जना, एचडीयूमा २० जना र जेनरल बेडमा ३२ जना रहेका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा ११ जना कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन् ।