चितवन । माडी-४ शितलपुरस्थित शिवालय टोलमा बाघले एउटा बाख्रा मारेको छ ।
शिवालयटोलका स्थानिय गंगाधर सुवेदीको बाख्रा घरमा नै बाँधिएको अवस्थामा मंगलबार साँझ ६:४५ बजेको समयमा चितही खोलाकाे कासघारीबाट निक्लिएको बाघले आक्रमण गरेको हो ।
बाघको आक्रमणबाट व्याउने बेलाको बाख्रा मरेको स्थानिय युवराज सुवेदीले जानकारी दिनुभयो । नियाले बाघ हुन् सक्ने उहाँको भनाई छ ।
बाख्रा मारेलगत्तै स्थानियले होहल्ला गरी बाघलाई कासघारी तिर नै धपाएका थिए । यसरी बस्तीमा पसेपछि स्थानीयमा सन्त्रास छाएको छ ।
माडीको शितलपुरमा खोरमै पसेर बाघले बाख्रा मार्यो

तपाईको प्रतिक्रिया
थप शिर्षकहरु