चितवन। खैरहनी नगरपालिकामा दुई दिने अचार बनाउने तालिम सम्पन्न भएको छ ।
खैरहनी नगरपालिका वडा नम्बर–११ द्वारा आयोजित सो तालिम वडा भित्रका दलित तथा एकल महिलाको जीवन उकास्नका लागी गरिएको हो।
बुधबार देखि वडाको आफ्नै सभा हलमा शुरु भएको सो तालिममा ४० जना सहभागी रहेका थिए । वडा नम्बर ११ वडाअध्यक्ष दिपेन्द्र कुमार दराईको अध्यक्षता रहेको सो कार्यक्रममा खैरहनी नगरपालिकाका उपप्रमुख कविता उप्रेती प्रमुख अतिथीको रुपमा रहनु भएको थियो ।
कार्यक्रममा बोल्दै उप–प्रमुख उप्रेतीले व्यावसायिक रुपमा अगाडि बढ्न र आर्थिक उपार्जनमा सहयोगी बनोस् भनेर सो तालिम दिइएको बताउनु भयो । उहाले भन्नुभयो , कोही व्यावसायिकरुपमा अचार बनाउने व्यवसायमा लाग्न चाहे नगरपालिकाले आर्थिक तथा अन्य प्राविधिक सहयोग पनि गर्ने छ ।
तामा, अखबरे , खुर्सानी , मिक्स लगायतका अचार बनाउने सो तालिमको प्रशिक्षक कौसिला खड्का रहनु भएको थियो ।