चितवन। राप्ती नगरपालिकाका मेयर शमशेर लामाले जिल्ला विपद् व्यवस्थापन समितिकाे बैठकमा नहर बिभागको जग्गामा रहेकाे बस्ती उठाउने विषयमा छलफल गरेका छन् ।
आज विहीबार जिल्ला प्रशासन कार्यालयमा बसेकाे बैठकमा मेयर लामाले नगर विभागकाे बस्ती उठाउनु पर्नेकाे कारण खुलाउदै त्यसका लागि सहजीकरण गर्न समितिलाई आग्रह गरेका छन् ।
साे नगरपालिकाकाे २०७९ पुस १३ गते सम्पन्न कार्यपालिका बैठकले जग्गा खाली गर्ने निर्णय गरेको थियाे । कार्यपालिकाले निर्णय गरि जेठ २६ गते नहर विभागलाई पत्रचार समेत गरेकाे मेयर लामाले बताए । असार २९ गते सिचाइले जग्गा सरक्षणकाे लागि नगरपालिकालाई लिखित अनुराेध गरेपछि नहर विकासकाे जग्गामा बसेकाे बस्ती उठाउने निर्णय भएकाे उनले बताए ।
२०५० सालमा आएकाे बाढीबाट विस्तापित पीडितहरुलाई विपद् व्यवस्थापन समितिले नहर विभागकाे जग्गामा बस्न दिएकाे थियाे । नहर विभागकाे जग्गामा अहिले २२३ परिवार बस्दै आएका छन् । ती मध्ये सात परिवार मात्र सुकुमबासी रहेकाे र अन्य सबैकाे अन्य ठाउँमा जग्गा जमिन रहेकाे छ ।
विपन्न सात परिवारलाई नगरपालिकाले व्यवस्थापन गर्ने निर्यण भएकाे मेयर लामाले विपद् व्यवस्थापन समितिकाे बैठकमा जानकारी गराएका छन् । अहिले बाढीकाे जाेखिम कम रहेकाे, ड्याग निर्माणकाे क्रम जारी रहेकाे, सबैको आ-आफ्नै घर खेत भएकोले जग्गा खाली गर्न सुचना जारी गरिएकाे मेयर लामाले बताए ।