चितवन। रत्ननगर-२,टाँडी स्थित सिनेमा रोडमा रहेको भण्डारी फेसन कलेक्सनमा भिषण आगलागी भएको छ।
मंगलबार साँझ ७:३० बजे नवीन धितालको घरको पहिलो तलामा भएको उक्त आगालागी बाट ३५ लाख बराबरको क्षती भएको कलेक्सनका प्रोपाईटर गणेश भण्डारीले बताए।
पसलभित्रको विजुलीको तार सट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ ।
ईलाका प्रहरी कार्यालय,टाँडीका सुरक्षा टोलिको सहायतामा भरतपुर महानगरपालिका,रत्ननगर नगरपालिका र खैरहनी नगरपालिकाको वारुण यन्त्रको संयुक्त प्रयासमा सो आगालागी नियन्त्रणमा आएको छ।
रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष शंकर गिरी, वाणिज्य तर्फका उपाध्यक्ष हरी अधिकारी लगायतले स्थलगत अनुगमन गरी पीडितलाई संघले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।