चितवन। पूर्वी चितवनको खैरहनी नगरपालिका वडा नं ८ पर्सामा यही असोज ७ र ८ गते स्कुल तथा कलेज स्तरीय फुटसल प्रतियोगिता हुने भएको छ ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन पूर्वी चितवन इकाइ समितिले पर्सा स्थित स्काइ एण्ड क्राउट फुटसल भवनमा रेवा फुटसल प्रतियोगिता हुने समितिका अध्यक्ष चोकबहादुर गुरुङले जानकारी दिए ।
आयोजकले शुक्रबार रत्ननगरमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिता गर्नुको उद्देश्य र तयारीका बारेमा जानकारी दिएको हो ।
पूर्वी चितवनमै पहिलो पटक हुन लागेको सो प्रतियोगिताको पुरस्कार राशी ६० हजार ५०० रुपैया रहेको छ ।
प्रतियोगितामा प्रथम हुने टिमलाई ६० हजार ५५५ र दोस्रो हुने टिमलाई ३० हजार ५५५ रुपैया पुरस्कार सहित प्रमाणपत्र र मेडल प्रदान गरिने अध्यक्ष गुरुङले जानकारी दिए । प्रतियोगितामा २० वटा कलेज र २० वटा स्कुलका गरी ४० वटा टिमको सहभागिता रहने छ ।
पत्रकार सम्मेलनका अध्यक्ष गुरुङ जिल्लाको खेलकुदको विकाससंगै विद्यार्थीहरुलाई खेलकुदका माध्यमबाट अध्ययनमा केन्द्रीत गराउन कार्यक्रम आयोजना गरिएको बताए ।
विद्यार्थीहरुले प्रविधिको गलत प्रयोग गरेर अध्ययनलाई ओझेलमा पारिरहेको भन्दै उनले खेलकुदको माध्यमबाट उनीहरुलाई सही मार्ग निर्देशन गर्ने प्रतियोगिता आयोजना गरेका हौं । प्रतियोगिता दुई दिन सम्म चल्ने छ ।
पत्रकार सम्मेलनका अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य सरोज भण्डारी, अखिल क्रान्तिकारी खैरहनीका इन्चार्ज ओम थपलिया, खैरहनी अध्यक्ष विशाल सढौला, कालिका नगर अध्यक्ष सिद्धान्त मगर लगायतको सहभागिता रहेको थियो ।