चितवन। खैरहनी नगरपालिकाले अनलाइनमार्फत राजस्व भुक्तानी सेवा कार्यान्वयनमा ल्याएको छ । करिब २ बर्ष अघि यो सेवाको उद्घाटन गरिए पनि प्रयोग हुन सकेको थिएन । वि.सं.२०७८ साल पुष २६ गते अनलाइन मार्फत राजस्व भुक्तानी सेवाको उद्घाटन गरिएको थियो । नगरपालिकाका अनुसार सिस्टममा समस्या हुंदा नगरबासिले यो सेवा प्रयोग गर्न सकेका थिएनन् ।
शुत्र सफ्टवेयरबाट भौचर बनाउनु भनि नियम ल्याएपछि अघिल्लो सिस्टम बन्द भएको र अहिले सिस्टमको विकास गरि कार्यान्वयनमा ल्याइएको नगरपालिकाका सूचना ,प्रबिधि अधिकृत सुरेश चौधरीले बताए । सफ्टवेयरको बिकास गरि बिहिवार नगर प्रमुख शशी कुमार खनियांले कर तिरेपछी अनलाइनमार्फत राजस्व भुक्तानी सेवा कार्यान्वयनमा आएको हो ।
यो सेवाको जानकारी गराउने र नगरबासिमा प्रचारप्रसार गर्ने उदेश्यले बिहिवार जनप्रतिनिधि र कर्मचारीका लागि अभिमुखिकरण कार्यक्रम गरिएको छ । कार्यक्रममा नगर प्रमुख खनियांले दुई बर्ष अघि यो सेवाको उद्घघाटन भएपनी करदाताले कर नतिरेको अबस्था रहेपछि प्रबिधिको बिस्तार गरि कार्यान्वयनमा ल्याएको बताए ।
उद्घाटन गरेर मात्र हुदैन,ब्यबहारमा उतार्नु पर्छ,नगर प्रमुख खनियांले भने ” नगरबासिलाई यो सेवाको बारे सिकाउनु पर्छ,प्रचारप्रसार गर्नुपर्छ,यसमा जनप्रतिनिधि ,कर्मचारी ,पत्रकारले भुमिका खेल्नुस ।”
नगरपालिकाले यो सेवालाई प्रभावकारी बनाउन सवै वडामा शिविर संचालन गर्ने प्रमुख खनियांले प्रतिबद्धता जनाए । अनलाइन मार्फत राजस्व भुक्तानी जुनसुकै ठाउँबाट पनि भुक्तानी गर्न सकिने हुंदा समय,खर्चको बचत हुनुका सहज हुने उनको भनाई थियो । नगरपालिकाले अहिले वडाबाटै राजस्व तिर्न सकिने ब्यबस्थ मिलाएकोमा अनलाइनको सिस्टम कार्यान्वयन गरेको हो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद सापकोटाले कर्मचारी थपेर ब्ययभार बढाउनु भन्दा विद्युतिय शासनबाट सेवा प्रवाह हुंदा प्रभावकारी बन्ने बताए । कर्मचारी घटेका छन, कार्यबोज बढेको छ,प्रमुख प्रशासकीय अधिकृत सापकोटाले भने – कर्मचारी थप्नु भन्दा प्रबिधिलाई प्रयोग गर्न सके,सरकरालाइ ब्ययभार घट्छ,सेवाग्राहीलाइ पनि सहज हुन्छ ।
बाहिरी जिल्ला बसेर यहाँ २/४ सय कर तिर्नु पर्ने सेवाग्राहीलाई झन फाइदा हुने सापकोटाले बताए । बाहिर जिल्ला बस्नेले पछि तिरौला भन्ने गर्छन् ,अनिच्छा जनाउनंछन,उनिहरुका लागि यो सेवा प्रभावकारी माध्यम बन्छ,सापकोटाले भने – यसले सेवाग्राहीको खर्छ कम हुन्छ,नगरको राजस्व समेत बढ्छ । अनलाइन भुक्तानी सेवाको बारे सेवाग्राहीलाई सिकाउनु पर्नेउनले बताए ।
वेबसाइटमार्फत भुक्तानी भएपछि सेवाग्राहीको अद्यावधिक हुने र दोस्रो पटकदेखि मोबाइलबाटै राजस्व तिर्न सकिन्छ । राजस्व बुझाएपछि राजस्व तिरेको सन्देश इमेल र मोबाइलमा आउने छ । करदाताले यसका सुविधा सम्पत्ति कर, मालपोत (भूमिकर), व्यवसाय कर, बहाल करलगायतका सम्पूर्ण कर, दस्तुर तथा सेवा शुल्क घरमै बसेर दाखिला गर्नुका साथै प्रारम्भिक रुपमा मूल्याङ्कन गर्न सक्नेछन् । यसबाट आफूले कति कर तिर्नुपर्छ भन्ने करदातालाई थाहा हुनेछ ।
करदाताको विवरण पेस भएपछि प्रचलित कानुन र दरका आधारमा कर मूल्याङ्कनलाई रुजु गरी स्वीकृत छ । तत्पश्चात करदाताले आफूसँग भएका विद्युतीय भुक्तानी प्रणाली (ई सेवा) बाट भुक्तानी गर्न सक्ने चौधरीले जानकारी दिए ।