चितवन । रत्ननगर उद्योग बाणिज्य संघको एशोसिएट उपाध्यक्षमा हरि अधिकारी निर्वाचित भएका छन् । २४औँ बार्षिक साधारण सभा तथा दसौं अधिवेशन अन्तर्गत मंगलबार भएको निर्वाचनमा विरञ्जना सापकोटा घिमिरेलाई नौं मतान्तरले पछि पार्दै अधिकारी उपाध्यक्षमा निर्वाचित भएका हुन । कुल खसेको ११२ मत मध्ये अधिकारीले ६० र घिमिरेले ५१ मत प्राप्त गरेकी थिइन् । एक मत मदर भएको थियो । एक मत मदर भएको थियो । संघको २५ पद मध्ये २४ पदमा निर्विरोध भएको थियो । सहमति जुट्न नसकेपछि एशोसिएट उपाध्यक्षमा मात्र निर्वाचन भएको हो । १ हजार ८९० सदस्य रहेको सो संघमा एशोसिएट उपाध्यक्षको लागि ११६ जनाले मतदान गर्न पाउने व्यवस्था थियो ।
अधिकारी यस अघिको निर्वाचनमा सोही पदमा पराजित भएका थिए । एमाले र माओवादी निकटका व्यवसायीको सयुक्त प्यानलबाट उम्मेदवार बनेकी घिमिरेलाई पछि पार्दै राष्ट्रिय प्रजातन्त्र पार्टी निकटका व्यवसायी अधिकारी निर्वाचित भएका हुन । राजनीति र व्यवसायलाई संगसंगै अगाडि बढाएका अधिकारी युवाको माझमा लोकप्रिय छन् । अधिवेशनले तीन बर्षे कार्यकालको लागि नयाँ नेतृत्व चयन गर्ने छ । अधिवेशनले संघको पदाधिकारी सहित २५ पद निर्वाचनबाट चयन गर्ने छ । दलिय सहमतिका आधारमा २५ पद मध्ये २४ पदमा निर्विरोध भएको छ ।
बरिष्ठ उपाध्यक्ष, उद्योग तर्फ उपाध्यक्ष, बाणिज्य तर्फ उपाध्यक्ष, बस्तुगत उपाध्यक्ष, महासचिव र कोषाध्यक्ष र सदस्य पद निर्विरोध भएको छ । रत्ननगर उद्योग बाणिज्य संघमा बरिष्ठ उपाध्यक्ष स्वतह अध्यक्ष हुने विधानमा व्यवस्था रहेको छ । १०औ अधिवेशनबाट आगामी कार्यकालको लागि बर्तमान बरिष्ठ उपाध्यक्ष शंकर गिरीले अध्यक्षको कार्यभार सम्हाल्ने छन् । निर्वाचन समितिले पद तथा गोपनीयताको सपथग्रहण गराएपछि गिरीले अध्यक्षको कार्यभार सम्हाल्ने छन् ।
बरिष्ठ उपाध्यक्षमा निराजन खनाल, उद्योग तर्फ उपाध्यक्षमा राममणि थपलिया, बाणिज्य तर्फ उपाध्यक्षमा रामशरण नेपाल, बस्तुगत उपाध्यक्षमा शिव मैनाली, महासचिवमा उपेन्द्र शर्मा आचार्य र कोषाध्यक्षमा विनोद घिमिरे निर्विरोध निर्वाचित भएका छन् । बाणिज्य तर्फ सदस्यमा सुर्यप्रकास रेग्मी, सन्तोष लामा, रामहरि अधिकारी, कमल किशोर मोहता, रविन्द्र श्रेष्ठ, श्रीकृष्ण चौधरी, रविचन्द्र तिमिल्सिना र सागर दुवाडी निर्विरोध निर्वाचित भएका छन् ।
उद्योग तर्फ सदस्यमा बेदप्रसाद आचार्य, हरिशरण भट्टराई, लक्ष्मीलाल श्रेष्ठ, शम्शेर धामल्ले, सुविन काजी श्रेष्ठ र अनिल अधिकारी, महिला सदस्य तर्फ लक्ष्मी श्रेष्ठ, एशोसियट सदस्य तर्फ अनुप विसुराल, सुवास मिश्र, बस्तुगत सदस्य तर्फ नवराज तिमिल्सिना निर्वारोध निर्वाचित भएका छन् ।