चितवन। चीनको सिआन सिटीको उद्योग वाणिज्य संघको टोली भरतपुर आई पुगेको छ । मंगलबार भरतपुर महानगरपालिका र सिआन सिटीको पर्यटन, शिक्षा र र्कषि क्षेत्रमा गर्न सक्ने सहकार्यको बारेमा छलफल भएको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले यस विषयमा भरतपुर महानगरपालिका सकारात्मक रहेको सहकार्यका लागि थप प्रकृया अगाडि बढाईने बताउनुभयो ।
भरतपुर भ्रमण वर्ष २०२४ लाई सफल बनाउन चीनबाट पर्यटकलाई भरतपुर पठाउनका लागि सिआन सिटीले मुख्य भूमिका खेल्ने पनि जनाएको छ । भ्रमण वर्षको लागि सिआनले पर्यटन केन्द्र बनाई भरतपुरको सम्रग पर्यटनको बारेमा जानकारी गराउने गरी विभिन्न प्रर्दशनी पनि गर्ने गरी सहकार्य गर्न लागिएको सरोज बस्नेतले जानकारी दिनुभयो ।
टोलीले भरतपुरको विभिन्न पर्यटकीय क्षेत्रको अवलोकन, अनुसन्धान गरी यहाँको सम्भावना बारे सिआन सिटीलाई प्रतिवेदन बुझाउने गरी काम थालेको टोलीका दोभाषे बस्नेतले बताउनुभयो ।