चितवन। पूर्ब पश्चिम राजमार्ग अन्तर्गत चितवनको टिकौली जंगलमा आज बिहान भएको दुर्घटनाका घाईतेहरुलाई वगामती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले अस्पतालमानै पुगेर भेट गर्नुभएको छ । उहाँले भरतपुर अस्पताल र पुरानो मेडीकल कलेजमा पुगेर घाइते र घाइतेका आफन्तलाई भेट गर्नुभएको हो ।
घाइते र घाईतेका आफन्त संग भेटपछि मन्त्री जोशीले अस्पताल प्रशासन र स्थानीय प्रशासनलाई घाइतेको उपचारमा कमी नगर्न निर्देशन दिनुभएको छ । उपचारका क्रममा काठमाडौं पठाउनु पर्ने अबस्था आए मन्त्रालयसंग समन्वय गर्न समेत उहाँले निर्देशन दिनुभयो ।
उहाँले भन्नुभयो “मैले प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय र अस्पताल प्रशासनलाई उपचारमा कमी नगर्न र यहाँ सम्भव नहुने भए थप उपचारका लागि काठमाडौं पठाउन निर्देशन दिएको छु ।” यहाँ सम्भव नभएका बिरामीहरुको उपचारका क्रममा आँफुले सक्दो सहयोग गर्ने मन्त्री जोशीले बताउनुभयो ।
रत्ननगरबाट भरतपुर तर्फ आउँदै गरेको ना २ च ८४४६ नम्बरको शब बोकेको बोलेरोलाई भरतपुरबाट टाँडी तर्फ जाँदै गरेको गौडाकोट स्थित अक्सफोड कलेजको ना १ क ६१३१ नम्बरको बसले ठक्कर दिएको थियो । सोही क्रममा चारवटा मोटरसाईकल र दुईवटा स्कुटर एक आपसमा ठक्कर खाएका थिए ।
घाईतेहरु मध्ये १२ जनाको भरतपुर अस्पतालमा, ७ जनाको पुरानो मेडीकल कलेजमा र १ जनाको चितवन मेडीकल कलेजमा उपचार भईरहेको छ । जस मध्ये ७ जनाको अबस्था गम्भिर रहेको छ । शव बोकेको बोलेरो, गैंडाकोट स्थित अक्सफोड कलेजको बस, स्कुटर र मोटरसाइकल एक आपसमा ठक्कर खाएका थिए ।