चितवन। बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले प्रदेश अस्पतालबाट निःशुल्क सेवा लिन प्रदेश बासीलाई अनुरोध गर्नुभएको छ । आज यहाँ सञ्चारकर्मीहरुसंग कुरा गर्दै उहाँले बागमती प्रदेश भित्रका १३ वटा अस्पतालका ८०१ शैय्या निःशुल्क गरिएको बताउनुभयो ।
बागमती प्रदेश भित्रका अस्पतालहरुको स्तरोन्नतीको काम भै रहेको उहाँको भनाई थियो । प्रदेश भित्रका ८ वटा अस्पताल ठूला छन् । रसुवा अस्पताल २५ शैय्याको छ भने रत्ननगर बकुलहर सहित प्राथामिक स्वास्थ्य केन्द्रबाट स्तरोन्नती भएका ४ वटा अस्पतालहरुमा बिरामीको चाप वढ्दो छ ।
गत आर्थिक वर्षमा ती अस्पतालबाट ७ लाख ५५ हजार २४ जनाले सेवा लिएका थिए । मन्त्री जोशीले भर्ना भएका बिरामीले शैय्या शुल्क तिर्नु नपर्ने बताउनुभयो । उहाँले भन्नुभयो “क्रमश आम नागरिकलाई निःशुल्क स्वास्थ्य सेवाको व्यवस्था गर्दै जाने छौ ।” प्रदेशका प्रयोगशालाहरुमा सर्बशुलभ रुपमा सेवा दिइएको भन्दै डेंगु परिक्षण निःशुल्क गरिएको बताउनुभयो ।
आफ्नो प्रदेश भित्र सिमान्तकृत, सबै आश्रममा रहेकाहरु, अपाङ्गको क एबं ख वर्गका र स्वयंम सेविकाहरुलाई निःशुल्क स्वास्थ्य बिमा गर्न सुरु गरिएको उहाँले जानकारी दिनुभयो । मन्त्री जोशीले पक्षघात र मस्तिस्क घात भएका बिरामीलाई उपचारमा शहुलियत दिईएको, प्यारालाईसिश भउका बिरामीलाई आर्युवेद अस्पतालमा निःशुल्क फिजीयो थेरापि गर्ने व्यवस्था गरिएको बताउनुभयो । अस्पतालहरुमा सेवाग्राहीको पार्कीङ् शुल्क लिईएकोमा हटाउन भनिएको उहाँको भनाई छ ।
मन्त्री जोशीले भन्नुभयो “आर्थिक अबस्थाका कारण कसैको उपचार रोकीनु हुँदैन ।” प्रदेश भित्रका अन्य अस्पतालहरुले १० प्रतिशत निःशुल्क गर्नुपर्ने भन्दै उहाँले आर्थिक अभाव भएकाहरुले सरकारी वा नीजि आबश्यकता अनुसार निःशुल्क सु्बिधा लिन सक्ने बताउनुभयो । नीजि अस्पतालहरुलाई यस अघिनै मन्त्रालयले १० प्रतिशत निःशुल्क गर्न निर्देशन दिई सकेको छ ।