चितवन । पूर्वी चितवनकाे रत्ननगर नगरपालिकाका संस्थागत विद्यालय तीन दिन बन्द गरिएकाे छ । आँखा पाक्ने राेगकाे प्रकाेप बढ्दै गएका कारण साउन २२ गते देखि २४ गते सम्म विद्यालय बन्द गर्ने निर्णय गरिएकाे हाे ।
नगरपालिकाकाे आइतबार सम्पन्न कार्यपालिका बैठकले सामुदायिक विद्यालय बर्खे विदा रहेकाले संस्थागत विद्यालय निर्णय गरेरै बन्द गरिएकाे हाे । बैठकले विद्यालय बन्द गरि प्रकाेप नियन्त्रणका लागि सचेतना कार्यक्रम सञ्चालन गर्न विद्यालयहरुलाई निर्देशन गरिएकाे नगर शिक्षा अधिकारी बद्रिनारायण शर्माले जानकारी दिए ।