चितवन। रत्ननगर नगरपालिका वडा नं. १५ ले सिलाई कटाई सिप सिकेका महिलालाई शुक्रवार सिलाई मेशिन प्रदान गरेको छ । वडा अध्यक्ष आशिक तामाङले एक कार्यक्रमका बिच ८ जना महिलालाई सिलाई मेशिन हस्तान्तरण गरेकाहुन् ।
वडाले यसअघि दिएको ३ महिने सिलाई कटाई तालिम असार ११ गते सम्पन्न भएको थियो । सोही तालिममा सहभागी भएर सिप सिकेका ८ जना महिलाहरुलाई सिलाई मेशिन हस्तान्तरण गरेकाे हाे ।
वडा अध्यक्ष तामाङले महिलाहरुलाई सिलाई पेशातर्फ आर्कषित गरी आत्मनिर्भर बनाउने उद्देश्यले सिलाई मेसिन वितरण गरिएको बताए । आफूले सिकेको सिपलाई सक्दो उपयोग गरी स्वरोजगार बन्न उनले आग्रह गरे । हातमा शीप भएको मान्छे कहिल्यै भोको बस्नुनपर्नेमा जोड दिए ।
कार्यक्रममा वडा सदस्य लिला देवी पेख्रेल, रुकमाया परियार, शिव प्रसाद तिवारी, इम प्रसाद पन्त, वडा सचिव रुप वहादुर पण्डीत क्षेत्री लगाएतको सहभागिता रहेको थियो ।