चितवन। रत्ननगर नगरपालिकाले रोगजारीका लागि विदेश जाने युवाहरुलाई पालिकाबाटै श्रम स्वीकृति दिने प्रक्रिया सुरु गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको परिपत्रअनुसार सो नगरपालिकाले रोजगार केन्द्रबाट उक्त सेवा सुरु गरेको हो ।
जेठ महिनाबाट श्रमस्वीकृति दिन सुरु गरिएको भएपनि शुक्रबार औपचारिक उद्घाटन गरिएको छ । रोजगारीको लागि कतार जान लागेका रत्ननगर १ का मनिष पाण्डेलाई श्रमस्वीकृति पत्र हस्तान्तरण गरि औपचारिक उद्घाटन गरिएको हो । मेयर प्रलाद सापकोटा र प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले सयुक्त रुपमा श्रमस्वीकृति पत्र हस्तान्तरण गरेका थिए ।
सो अबसरमा मेयर सापकोटाले पालिकाबाट श्रम स्वीकृति प्रदान गर्ने कार्यको सुरुवातसंगै वैदेशिक रोजगारमा जाने युवायुवतीले यसअघि काठमाडौँ गएर स्वीकृति लिनुपर्ने बाध्यता हटेको बताए । ञयसले समय र पैसाको समेत बचत गरेको छझ मेयर सापकोटाले भने ञअब गाउँघरमै रहेका स्थानीय सरकारमार्फत उक्त सेवा पाइने छझ । बताए । मेयर सापकोटाले यसअघि अन्यत्रै गएर यस सम्बन्धी स्वीकृति लिनुपर्दा सेवाग्राहीलाई झण्झट हुने गरेको भन्दै स्थानीय सरकारबाटै सेवा सुरु भएपछि समय र पैसाको समेत बचत भएको बताए । श्रम स्वीकृतिका लागि सम्बन्धित व्यक्तिले पासपोर्ट र भिसासम्बन्धी कागजात लिएर आउनुपर्ने हुन्छ । सम्बन्धित व्यक्तिले ल्याएको कागजातका आधारमा रोजगार केन्द्रले सो श्रम स्वीकृति पत्र प्रदान गर्ने प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताए ।
स्थानीय सरकारबाट श्रम स्वीकृतिपत्र लिएपछि भिसा लागेको मान्छे काठमाडौंका मेनपावर र मन्त्रालयहरुका धाउनु नपर्ने उनको भनाई छ । श्रम स्वीकृति लिएपछि भिसा लागेको मान्छे सिँधै विमान स्थल जान पाउने प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताए । रोजगार केन्द्र संयोजक चन्द्रा बस्यालले जेठ यता रत्ननगरबाट १५ जनाले श्रम स्वीकृति लिइसकेको जानकारी दिइन् । उनले ५० बढी युवाहरुलाई बैदेशिक रोजगार सम्बन्धी परामर्श दिइएको उनले बताइन् ।