बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवम् प्रदेशसभा सदस्य डोरमणि पौडेलले वर्तमान परिस्थितिमा नेपालमा निष्ठाको राजनीति समाप्त भएको बताएका छन् ।
आइतबार जिल्ला समन्वय समिति मकवानपुरको वार्षिक जिल्ला समीक्षा बैठकमा बोल्दै पौडेलले देशमा पछिल्लो समय भएको राजनीतिक फेरबदलपछि निष्ठाको राजनीतिलाई समाप्त भएको बताए ।