काठमाडौं । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रचण्ड र ओलीबीच दुई घण्टा कुराकानी भएको हो।
उनीहरूबीच प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद बैठक बोलाउने विषयमा छलफल भएको स्रोतको भनाइ छ।