चितवन। नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले भ्रष्टाचारको आरोप लागेका काङ्ग्रेस नेता बालकृष्ण खाँणलाई अदालतको आदेश पछि मात्रै पार्टीले कारवाही गर्ने बताउनु भएको छ ।
नेपाली काङ्ग्रेस चितवनले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले आरोप लाग्दैमा कारवाही गरिहाल्नु पर्छ भन्ने नरहेको बताउनुभयो । उहाँले अहिले अदालतमा बिचाराधिन रहेको मुद्धामा काङ्ग्रेसले पहिला पनि कारवाही नगरेको भन्दै खाँणको बिषयमा समेत मुद्धाको फैसला आए पछि मात्रै हुने बताउनुभयो ।
पुरानो नजिरलाई लिएर खाँणलाई कारवाही नगरिएको उहाँको भनाई थियो । उहाँले भन्नुभयो “पहिले पनि यस्ता मुद्धामा अदालतको फैसला पछि मात्रै कारवाही गर्ने गरिएको थियो । त्यही अनुसार अहिले कारवाही नगरिएको हो ।” काङ्ग्रेस नेताले भ्रष्टाचारको आरोप लागेपछि कानुनलाई सहयोग गरेको बताउँदै उहाँले आरोप लाग्ना साथ भागेको भए कारवाही गर्नुपर्ने बताउनुभयो । कानुनी राजमा कानुन हुनुपर्ने भन्दै उहाँले मुद्धा लाग्नासाथ कारवाही गर्न नहुने बताउनुभयो । उहाँले थप्नुभयो “आरोप लागेपछि फैसला आउनुप¥यो नी कारवाहीका लागि । सुरुमानै कारवाही गर्नुपर्छ भन्ने छैन ।” काङ्ग्रेसले यस अघि पनि आरोप लाग्दा समेत यसरीनै गरेको बताउँदै उहाँले अदालतको अन्तिम फैसला दिएर आरोप पुष्टि गरे कारवाही गरिने बताउनुभयो । उहाँले भन्नुभयो “काङ्ग्रेस कानुनी राज्यका लागि लडेको हो । आरोप लाग्दैमा पुष्टि नहुँदै केही भन्न सकीदैन ।” पार्टीको आफ्नै नजिरहरु रहेको भन्दै उहाँले नेता र मन्त्री माथि आरोप लाग्ने क्रम बढेको बताउनुभयो । काङ्ग्रेस भ्रष्टाचारको संरक्षणमा भने नलाग्ने उहाँले स्पष्ट पानुभयो । उहाँले भन्नुभयो “निस्पक्ष तवरले कानुनी राज्यको पक्षमा काङ्ग्रेस रहेको छ ।”पार्टीका नेता पर्दा कानुन लाग्नु हुँदैन भन्ने पक्षमा आँफुहरु नरहेको उहाँको भनाई छ । सुन काण्ड देखि भ्रष्ट्राचार काण्डमा सरकारले अनुसन्धान गरिरहेको उहाँले बताउनुभयो । संकास्पदलाई नियन्त्रणमा लिने र कारवाही गर्ने काम भैरहेको उहाँको भनाई थियो । प्रकृया अघि वढिसकेको हुँदा अनुसन्धानको क्रम अघि वढेको भन्दै उहाँले कानुनी राजमा सबैलाई बराबर रुपमा अघि वढ्नुपर्ने बताउनुभयो ।
अर्का केन्द्रीय सदस्य नैनसिंह महरले केन्द्रीय सदस्य खाँणले छानविनलाई सघाई रहेको समयमा कारवाही नगरिएको बताउनुभयो । उहाँले भन्नुभयो “सरकारमा भएको पार्टीले छानविन हुन सक्दैन भनेर सरकारबाट पनि बाहिरीन सक्थ्यो । तर त्यसो गरिएन कीन ? छानविनलाई सहयोग गर्ने काम काङ्ग्रेसबाट हुन्छ ।” उहाँले केन्द्रीय सदस्य खाँणले आँफैले राजिनामा दिएको भए राम्रो हुने तर्क राख्नुभयो । अहिले काङ्ग्रेस ठूलो पार्टी भएपनि धरातलिय रुपमा खुम्चिएको भन्दै उहाँले यसलाई फराकीलो बनाउने तर्फ आँफुहरु लागेको बताउनुभयो ।