चितवन। नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले सर्बोच्च अदालतले कोशी प्रदेशको सरकारको बिषयमा गरेको निर्णय काङ्ग्रेस तयार रहेको बताउनुभएको छ ।
आज यहाँ पत्रकारहरु संग कुराकानी गर्दै उहाँले काङ्ग्रेस कानुनी राज्यको पक्षमा रहेका भन्दै उहाँले अदालतको निर्णय पार्टीले मान्ने बताउनुभयो ।उहाँले भन्नुभयो “नेपाली काङ्ग्रेस रुल अफ ल मान्ने पार्टी भएकाले त्यसलाई स्वीकार गछौ । आफुलाई पर्दा नमान्ने र अरुलाई पर्दा मान्ने भन्ने हुँदैन ।” सर्वोचच अदालतले कोशी प्रदेश सरकारको बिषयमा गरेको निर्णय सहर्स स्वीकार गर्दै सरकार गठनका लागि दलहरु संग छलफल भईरहेको बताउनुभयो । प्रदेश आफ्नै स्वायत्त भएकाले आफ्नो निर्णय गर्न सक्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “कोशी प्रदेशमा प्रदेश सरकार गठनका बिषयमा त्यहीको संसदीय दलको नेताले निर्णय गर्नुहुने छ ।” सरकार गठनमा केन्द्र संग समन्वय भए पनि हस्तक्षेप नहुने उहाँको भनाई थियो ।
संघियता कार्यान्वयनका क्रममा प्रादेशिक संरचना वनेको भन्दै उहाँले प्रदेशको आ–आफ्नै पहिचना भएको बताउनुभयो । उहाँले थप्नुभयो “त्यहाँको बस्तुस्थिति र जनताको चाहना अनुसार प्रदेशले निर्णय लिने छ ।” कोशी प्रदेशमा सरकार गठनको बिषयमा प्रदेश स्तरीय दलहरुका बिचमा छलफल भईरहेको उहाँको भनाई थियो ।
फरक प्रसंगमा बोल्दै उहाँले देशमा विकसित घटना क्रमको जिम्मेवारी सबै दलहरुले लिनुपर्ने बताउनुभयो ।