चितवन। चितवनमा पछिल्लो तीन घण्टादेखि भारी वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देवघाटमा पछिल्लो एक घण्टादेखि १३.२ मिलिमिटर वर्षा भएको मापन गरिएको छ ।
भरतपुर विमानस्थल र रामपुर क्षेत्रमा पनि भारी वर्षाको मापन गरिएको छ । विमानस्थलमा पछिल्लो तीन घण्टामा ७७ मिलिमिटर र रामपुरमा ५२.२ मिलिमिटर वर्षा भएको छ । भारी वर्षा भइरहेकोले नदी तटिय क्षेत्रमा उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।