मकवानपुर। मकवानपुरमा काँग्रेसको वडा अधिवेशन आज हुँदैछ। जिल्लाका १० वटा स्थानीय तहका १०२ वटा वडामा कांग्रेसले आज वडा अधिवेशन गर्ने तयारी गरेको छ।
बुधबार केन्द्रबाट खटिएका निर्वाचन अधिकृतसहित पार्टी पदाधिकारी र पुर्व अध्यक्षसहितको बैठकले तोकिएको समयभन्दा २ दिन ढिलागरी अधिवेशन गर्ने निर्णय गरेको कांग्रेस मकवानपुरका सभापति इन्द्र बानियाँले बताए ।
वडा अधिवेशनबाट वडा सभापति, उपसभापति (२ जना), सचिव (२ जना), सह–सचिव (२ जना), कोषाध्यक्ष र सदस्यहरु चयन हुनेछन् ।