चितवन । भरतपुर महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतले पारित भएको छ । असार १० गते भएको महानगरको १३औँ नगरसभामा नगर प्रमुख रेनु दाहालले नीति तथा कार्यक्रम र उपप्रमुख चित्रसेन अधिकारीले बजेट प्रस्तुत गरेका थिए ।
महानगरले आगामी आवको लागि ६ अर्ब ३१ करोड ७९ लाख ९० हजार रुपैयाँको बजेट ल्याएको छ । नगर प्रमुखले पेश गरेको नीति तथा कार्यक्रम कार्यान्वयनका लागि नगर उपप्रमुख अधिकारीले बजेट प्रस्तुत गरेका थिए ।
‘भरतपुर महानगरपालिकाको १३औँ नगरसभा महानगरको २०८०/८१ को निति तथा कार्यक्रम, बजेट तथा आवश्यक बिधयकहरू सर्बसम्मत पारित गर्दै, समृद्ध भरतपुर निर्माणका लागी दृण संकल्प र अठोटका साथ आज भब्यतापुर्वक सम्पन्न भएको छ। नगरसभा सम्पन्न गर्न महत्वपुर्ण सहयोग प्रदान गर्नुहुने महानगरका जनप्रतिनिधि, कर्मचारी लगायत सम्पुर्णमा हार्दिक धन्यबाद ब्यक्त गर्दछु’, नगर प्रमुख दाहालले भनेकी छन् ।