चितवन । पूर्वी चितवनको राप्ती नगरपालिका–७ डुढगाँउस्थित राजु थापाको घर नजिकै रहेको परालको टौवामा अचानक आगलागी हुँदा ५ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
आज दिउँसो करिब साढे १ बजेको समयमा टौवामा आगलागी भई नजिकैको गोठमा समेत आगो सल्किँदा एउटा गाई जलेर मरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । त्यस्तै, आगलागीबाट तीन वटा गार्य र दुई वटा बंगुर घाइते भएको चितवन प्रहरीले जनाएको छ ।
टौवा र गोठमा लागेको आगो रसौली ब्यारेकबाट खटिएको नेपाली सेना र ईलाका प्रहरी कार्यालय भण्डाराबाटखटिएको प्रहरी टोलीले दुई वटा दमकल र स्थानीयको सहयोगमा दिउँसो करिब २ः४५ बजे आगो नियन्त्रणमा लिएको चितवन प्रहरीका प्रवक्ता विजयराज पण्डितले बताए ।