चितवन । भरतपुर महानगरपालिका नगरउप प्रमुख चित्रसेन अधिकारीले केरुङ्गा खोलाको निरीक्षण एवं अनुगमन पश्चात् नाप नक्सा गर्न निर्देशन दिएका छन् ।
केरुङ्गा खोलाको वास्तविक क्षेत्र के कति हो तत्काल नै नाप नक्सा गरेर छुट्टाउन मेरो निर्देशन छ, यसको कार्वान्यन खरायोको गतिमा हुनुपर्छ उप प्रमुख अधिकारीको ठाडो निर्देशन दिएका छन्।
उप प्रमुख अधिकारीले केरुङ्गा खोला महानगरको इतिहास भएको बताए ।
भरतपुर महानगरपालिका वडा नम्बर ११ को गणेस्थानस्थित नारायणी लिफ्टको सी ‘टु’ र सी ‘थ्री’ क्यानलमा केरुङ्गा खोलाको मुहान रहेको छ । भरतपुर ११ को गणस्थानदेखि भरतपुर २४ को जगतपुरसम्म ३२ किलोमिटरको लम्बाइमा केरुङ्गा खोला फैलिएको छ ।
भरतपुर महानगरपालिकाका वडाहरु क्रमशः ११, १२, ९, ८, ७, ५, ६, १३, १४, २१, २२, २३ र २४ भएर केरूङ्गा खोला बग्ने गरेको छ । वर्षातको समयमा भरतपुर ११ र १२ का धेरै क्षेत्र वर्षेनी डुबानमा पर्ने गरेका छन् ।
भरतपुर महानगरपालिका वडा नं. ९ र ११ ले आफ्नो वडा सिमाना सम्म केरूङ्गा ड्रेनको सीमांकनसमेत गरिसकेका छन् ।
खोलाको दायाँवायाँ क्षेत्र नक्सामा कति मिटर छ भन्ने बारेमा भने नाप नक्सा गरेपछि मात्रै यकिन हुने भुमी व्यबस्थापन शाखाका इन्जिनियर शिबहरी अधिकारीले जानकारी दिए ।
अनुगमनमा सम्बन्धित वडाका अध्यक्षहरु,महाशाखाका प्रमुख तथा इन्जिनियरहरु, सरोकारवाला तथा पत्रकारहरुको सहभागिता रहेको थियो ।