चितवन । भरतपुर महानगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरुलाई उन्नत जातका बाख्रा वितरण गरेको छ । अपाङ्गता भएका व्यक्तिहरुको दैनिक जिवनयापनमा सहजता ल्याउनको लागि महानगरपालिकाले बाख्रा बितरण गरेको हो।
भरतपुर महानगरपालिकाको आर्थिक सहयोगमा बौद्धिक अपाङ्गताका अभिभावक संघ चितवनले अपाङ्गता भएका व्यक्तिहरुका लागि समुदायमा आधारित पुनर्स्थापना सहयोग कार्यक्रम अन्तर्गत रहेर बाख्रा बितरण गरेको हो ।
कार्यक्रममा बाख्रा बितरण गर्दै नगर उप प्रमुख चित्रसेन अधिकारीले भरतपुर महानगरपालिका आर्थिक समृद्धिको मार्गमा अगाडि बढेको प्रष्ट पारे। बाख्रा बितरण कार्यक्रम सानो भए पनि यो आर्थिक समृद्धिमा जाने सकेत हो उप प्रमुख अधिकारीले भने, यो एउटा सानो बीउ पुजि हो।
भरतपुर महानगरपालिकाले आगामी दिनमा अपाङ्गता भएका व्यक्तिहरुको लागि सहायता सामाग्री वितरण,ब्रेल अर्थात सेतो छडी बितरण,शैक्षिक सामाग्री बितरण लगाएतका अन्य थुप्रै कार्यक्रमहरु गर्ने लक्ष्य लिएको छ । यसका अलवा महानगरपालिकाले समावेशी शिक्षाको क्षेत्रमा पनि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ ।
कार्यक्रममा स्वास्थ्य तथा सामाजिक बिकास महाशाखा निर्देशक शान्ता कुमारी पौडेल,अपाङ्गता समाज चितवनका अध्यक्ष होमनाथ अधिकारी लगाएतले बोलेका थिए ।