चितवन । भरतपुर महानगरका उपप्रमुख चित्रसेन अधिकारीले देवघाटधामलाई धार्मिक पर्यटकीय रुपमा बिकास गर्नु पर्नेमा जोड दिएका छन् ।
देवघाट सुस्वास्थ्य केन्द्रको बुधबार भवन उद्वघाटन गर्दै उप प्रमुख अधिकारीले देवघाट क्षेत्रलाई धार्मिक पर्यटकीय नगरीको रुपमा बिकास गर्न भरतपुर महानगरले तिब्र रुपमा काम गरिरहेको पनि बताए ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा देवघाटधामको छुट्टै महत्त्व र पहिचान रहेको उल्लेख गर्दै उप प्रमुख अधिकारीले देवघाटधामलाई धार्मिक पर्यटकीय नगरीको रुपमा बिकास गर्नु पर्नेमा जोड दिएको हो ।
एशोसियसन अफ नेपाली फिजिसियन्स इन अमेरिका र गुणनिधी खनाल मेमोरियल ट्रष्टको सहकार्यमा उक्त भवन निर्माण गरिएको हो ।
देवघाटमा उक्त सुस्वास्थ्य केन्द्र स्थापना भए पछि सयौं वृद्ध बृद्वाहरुले उपचार पाउने केन्द्रले जनाएको छ । केन्द्रमा सबै प्रकारका रोगको उपचार गरिनुको साथै औषधिको पनि ब्यबस्था मिलाइएको छ ।
कार्यक्रममा देबघाट क्षेत्र बिकास समितिका अध्यक्ष सदन बराल,भरतपुर अस्पतालका चिकित्सक, कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालका चिकित्सक,चितवन मेडिकल कलेजका चिकित्सकहरुको उपस्थित रहेको थियो ।