चितवन। चितवनको खैरहनीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार खैरहनी ४ कयरखोलाबाट ग्राभेल बोकेर गुडेको ना ६ त १०७९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको हो।
च्यापिएर गम्भीर घाइते भएका खैरहनी २ घर भएका २० वर्षीय चालक दीपक परियारको उपचारको क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो।गाव्रेल लोड गरेर खोलाबाट निस्कने क्रममा ट्याक्टरको अगाडीको भाग उचालिदा चालक ढाला र ट्याक्टरको इन्जिनको भागको बिचमा चालक च्यापिएको प्रहरीले जनाएको छ । शव परिक्षणका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ ।