चितवन। चितवन राष्ट्रिय निकुञ्जमा गएको दुई दिनमा दुईवटा गैंडा मृत अबस्थामा भेटिएका छन् । वैशाख २६ र २७ गते ती गैंडा मृत भेटिएका हुन ।
निकुञ्जका सहायक संरक्षण अधिकृत महेश न्यौपानेका अनुसार २६ गते कसरा सेक्टरको तमोर ताल क्षेत्रमा ४ महिनाको पोथी गैंडा र २७ गते सौराहा सेक्टरको पटना क्षेत्र राप्ती नदी किनारमा भाले गैंडा मृत अबस्थामा भेटिएको हो ।
भाले गैंडा २ वर्ष ६ महिनाको रहेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार दुबै गैंडा प्राकृतिक कारणले मरेका हुन । मृत भेटिएका गैंडाको खाग र खुर दुबै सुरक्षित अबस्थामा रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार चालु आर्थिक वर्षको हाल सम्म चितवन राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा मृत भेटिएको गैंडाको संख्या १८ पुगेको छ ।