चितवन । नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्युरोले सामाजिक सञ्जालको दुरुपयोग गरी चरित्रहत्या गर्ने कार्यमा संलग्न चितवनका एक युवालाई पक्राउ गरेको छ ।
सामाजिक सञ्जाल टिकटकमा पीडितको फोटो र भिडियोलाई तोडमोड गरी अश्लितासहित प्रसारण गर्ने, सम्बन्धित व्यक्तिको छविमा आँच पुर्याउनुका साथै सार्वजनिक नैतिकता र शिष्टाचारमा असर पार्ने गरी चरित्रहत्या गर्ने कार्यमा संलग्न पूर्वी चितवनको राप्ती–९ का २९ वर्षीय विजय लामा भन्ने डम्बरबहादुर तामाङलाई ब्युरोबाट खटिएको टोलीले बुधबार पक्राउ गरेको हो ।
निजलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा जिल्ला प्रहरी कार्यालय चितवनको सहयोगमा ब्युरोबाट खटिएको टोलीले पक्राउ गरी काठमाडौँ जिल्ला अदालतको बिहीबारको आदेशले पाँच दिन थप भई आवश्यक अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ। ।