चितवन । चितवन क्षेत्र नंम्बर २ मा आइतबार दिउँसोसम्म उपनिर्वाचनमा ४७ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीका अनुसार दिउँसो २ बजेसम्म ४७ प्रतिशत मत खसेको जानकारी दिनुभयो ।
जिल्लाका सबै मतदान केन्द्रमा शान्तिपूर्वक मतदान भइरहेको उहाँले जानकारी दिनुभयो । अपराह्न १२ बजेदेखि भने भरतपुर महानगरपालिकाको वडा –११ नयाँ किरण मावि स्थलमा विवाद भएका कारण केही समय रोकिएको छ । अन्य स्थानमा भने शान्तिपूर्ण रूपले मतदान भइरहेको उहाँले जानकारी दिनुभयो ।
निर्वाचन क्षेत्र २ अन्तर्गत ४३ मतदान स्थल र १३८ वटा मतदान केन्द्र रहेका छन् । एउटा मतदान स्थलमा आठ वटासम्म मतदान केन्द्र रहेको कार्यालय प्रमुख कार्कीले जानकारी दिनुभयो ।
चितवन –२ मा एक लाख २४ हजार ६९५ मतदाता छन् । तीमध्ये ६३ हजार २९१ महिला, ६१ हजार ४०३ पुरुष र एक जना तेस्रो लिङ्गी मतदाता छन् । वैशाख १० गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ ।