चितवन । भोलि बैशाख १० गते चितवन भएर चल्ने राजमार्गमा सवारी आवागमन पुर्ण रुपमा बन्द गरिएको छ। चितवन क्षेत्र नं २ मा उपनिर्वाचन हुन लागेकाले भोलि १० गते आईतबार राजमार्गमा सवारी आवागमन पुर्ण रुपमा बन्द गरिएको चितवन प्रहरीले जनाएको छ।
बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म राजमार्ग बन्द गरिने छ। प्रहरीले जारी गरेको सूचनामा नेपाल सरकार गृह मन्त्रालयको निर्णय कार्यान्वयन र उच्चस्तरिय निर्वाचन सुरक्षा समितिको निर्णय बमोजिम सार्वजनिक यातायातको सञ्चालन तथा व्यबस्थापन गर्ने प्राप्त निर्देशन बमोजिम बैशाख १० गते चितवन भएर चल्ने राजमार्ग बन्द गरिएको जनाईएकाे छ। प्रहरीले चितवनको सिमाना धादिङतर्फको मौवा खोला, मुग्लिन, नारायणगढको पुलचोक र गोन्द्राङ चोकमा चेकजाँच गरी केही समयको अन्तरालमा मात्रै समूहमा मात्रै सवारी साधनलाई गन्तव्यमा पठाइने जनाएको छ ।
साे दिन अनुमति लिन नपर्ने अत्याबश्यक एम्बुलेन्स,दमकल लगायतका सवारी साधनहरु बाहेक सबै सवारी साधन राजमार्गमा चलाउन नपाईने प्रहरीले जनाएको छ। राजमार्ग बन्द गरिएसगै काठमाडौंबाट पाेखरा,चितवन,पश्चिम भाग र पुर्बी भागमा चल्ने सबै सवारी बन्द रहनेछन् ।